मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ए डिभिजन लिग: संकटामाथि मनाङको सानदार जित

बुधबार, माघ १५ २०७६

काठमाडौं (जस)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार संकटा क्लबलाई मनाङ मस्र्याङ्दी क्लबले ३–० ले पराजित गरेको छ । खेलको सातौं मिनेटमा अन्जन विष्टको प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेको क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । १५औं मिनेटमा कमल श्रेष्ठले मासाउकेलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा सुवास गुरुङको प्रहारलाई गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।
२०औं मिनेटमा बिमल रानाको प्रहारलाई गोलरक्षक बिनय श्रेष्ठले गल्ती गरेपनि बिष्णु सुनारले गोललाइन नजिकबाट क्लियर गरिदिदा मनाङ अग्रता लिनबाट चुक्यो । २२औं मिनेटमा निशान लिम्बुको क्रसलाई गोलरक्षक बिनयले सहजै नियन्त्रणमा लिए । २६औं मिनेटमा कर्ण बहादुर सुब्बाको प्रहारलाई गोलरक्षक दिपले बचाए ।
४२औं मिनेटमा लुइस भिडालको क्रसमा अन्जन विष्टको प्रहारलाई अमित तामाङले आफ्नै पोस्टमा गोल गर्न पुग्दा मनाङले खेलमा अग्रता बनायोे । लगत्तै अन्जन विष्टले वान भर्सेस वानमा गोल गर्दै मनाङलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । डिफेन्डर रोमन लिम्वुको गल्तीमा अन्जनले गोलरक्षकलई विट गर्दै गोल गर्न सफल भए । ५३औं मिनेटमा फेमी जोसवाले बिमल रानाको पासमा गरेको सशक्त प्रहारलाई गोलरक्षक बिनयले पञ्च गर्दै बचाए । त्यसमै बिमल रानाले गोल गरेपनि अफसाइड ठहरिए । ५६औं मिनेटमा पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकलाई लक्ष्मण रुचालले सदुपयोग गर्न सकेन ।
५८औं मिनेटमा लक्ष्मण रुचालको प्रहारलाई आदित्य चौधरीले हेडिङ गर्दै बचाए । ७३औं मिनेटमा निशान लिम्वुले गोल गर्दै मनाङलाई खेलमा ३(० को अग्रता दिलाए । बिमल रानाको क्रसमा अमित तामाङले हेडिङ प्रयास गरेपनि नभेटेको बललाई निशानले नियन्त्रणमा लिदै गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । ८७औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा कर्ण बहादुर सुब्बाले हेडिङ प्रयास गरेपनि पोस्टबाट थोरै बाहिरियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनाङका मिडफिल्डर अन्जन विष्ट म्यान अफ द म्याच घोषित भए । यस जितसँगै मनाङ ९ खेलमा १९ अंक जोड्दै लिग तालिकाको शीर्ष ३ मा प्रवेश गरेको छ । संकटा १२ अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार