मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

भारतसँग सुपर ओभरमा न्यूजिल्यान्ड पराजित, सिरिज भारतको कब्जामा

बुधबार, माघ १५ २०७६

काठमाडांै(एजेन्सी)–तेस्रो टि ट्वान्टी खेलमा भारतले न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै पाँच टि ट्वान्टी सिरिज दुई खेल अगावै जितेको छ । जितको लागि सुपर ओभरमा १८ रन चाहिएको अवस्थामा भारतले अन्तिम बलमा पुरा गर्यो । टिम साउथीले पहिलो बलमा रोहित शर्मालाई २ र दोस्रोमा १ रन दिए । तेस्रो बलमा राहुलले चौका प्रहार गरे । चौथो बलमा १ रन दिए । रोहितले पाँचौ र छैटौं बलमा लगातार छक्का प्रहार गर्दै जित पक्का गरे । जस्प्रित बुमराहले सुपर ओभरको पहिलो बलमा कप्तान केन विलियम्सन र दोस्रो बलमा मार्टिन गुप्टिललाई १–१ रन दिए । तेस्रो बलमा विलियम्सनले छक्का र चौथो बलमा चौका प्रहार गरे । पाँचौ बलमा १ लेग वाईका रुपमा बटुल्दा अन्तिम बलमा गुप्टिलले चौका प्रहार गर्दै कुल १७ रन बनाएको थियो । त्यसअघि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
अन्तिम ओभरमा जितको लागि न्युजिल्यान्डलाई ९ रन चाहिएको थियो । तर मोहम्मद शामीले ८ रन खर्चेर २ विकेट लिदै खेल सुपर ओभरमा पुर्याएका थिए । पहिलो बलमै मोहम्मद शामीलाई टेलरले छक्का प्रहार गरे । दोस्रो बलमा १ रन दिदा तेस्रो बलमा विलियम्सन आउट भए । चौथो बलमा सामीले बल डट राखेपछि खेल रोमान्चक बनेको थियो । पाँचौ बलमा १ र अन्तिम बलमा टेलर १७ रनमा बोल्ड आउट भएपछि खेल सुपर ओभरमा पुगेको हो । विलियम्सनले ४८ बलमा ८ चौका र ६ छक्का सहित ९५ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । विलियम्सन अन्तिम ओभरको तेस्रो बलमा विकेटकिपर लोकेश राहुलबाट क्याच हुँदै पहिलो शतक बनाउनबाट चुकेका थिए । यो विलियम्सनको टि ट्वान्टी आई करिअरकै उच्च प्रर्दशन हो ।
ओपनर मार्टिन गुप्टिलले २१ बलमा २ चौका र ३ छक्का सहित ३१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । शार्दुल ठाकुरलाइृ छैटौं ओभरको चौथो बलमा ठूलो सट खेलेका गुप्टिल बाउन्डी लाइन नजिकै वैकल्पिक फिल्डर सञ्जु स्यामसनले उत्कृष्ट क्याच गर्दै पेभिलिएन फर्काए । अर्का ओपनर कोलिन मुनरो १४, मिचेल सान्टनार ९ र कोलिन डी गान्डहोमले ५ रन जोडे ।भारतका शार्दुल ठाकुर र मोहम्मद शामीले २–२ विकेट लिए । युजभेन्द्र चहल र रविन्द्र जडेजाको नाममा १–१ विकेट रह्यो । त्यसअघि सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङ थालेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । भारतका ओपनर रोहित शर्माले सर्वा्धिक ६५ रनको योगदान दिए ।
हमीश बेनेटले ११ औं ओभरको चौथो बलमा टिम साउथीबाट क्याच गराउनु अघि रोहितले ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । रोहितले छैटौं ओभरमा बेनेटलाईनै ३ छक्का र २ चौका गरि २७ रन जोडेका थिए । पहिलो विकेटका लागि लोकेश राहुल र रोहितले ९ ओभरमा ८९ रनको साझेदारी उत्कृष्ट सुरुवात दिलाएका थिए । कोलिन डी ग्रान्डहोमले कोलिन मुनरोबाट क्याच गराउनु अघि राहुलले १९ बलमा २ चौका र १ छक्का सहित २७ रन जोडे । बेनेटलेनै शिवम दुबेलाई ३ रनमा ईश सोधीबाट क्याच गराए । श्रेयस ऐर १७ रनमा स्टम्पिङ आउट हुन पुगे । बेनेटलेनै कप्तान विराट कोहलीलाई १९ औं ओभरको पाँचौ बलमा साउथीबाट ३८ रनमा क्याच आउट गराए । कोहलीले २७ बमा २ चौका र १ छक्का प्रहार गरे । मनिष पाण्डे १४ र रविन्द्र जडेजा १० रनमा अविजित रहे । हमिश बेनेटले ४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनार र कोलिन डी ग्रान्डहोमले १(१ विकेट लिए । भारत पहिलो खेलमा ६ विकेट र दोस्रोमा ७ विकेटले विजयी भएको थियो । चौथो खेल शुक्रबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार