मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

मिलान कोपा इटालिया कपको सेमिफाइनलमा

बुधबार, माघ १५ २०७६

काठमाडौं(एजेन्सी)–एसी मिलान कोपा इटालिया कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा मिलानले टोरिनोलाई अतिरिक्त समयमा ४–२ गोलले हरायो । यस खेलमा मिलानले हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । स्वर्गीय कोबे मिलानका समर्थक थिए ।
घरेलु मैदानमा मिलानलाई जिताउन भेट्रान खेलाडी ज्लाटन इभ्राहिमोभिचले निर्णायक गोल गरे । हकान कल्हानोग्लुले दुई र जियाकोमो बोनाभेन्टुराले एक गोल गरे । टोरिनोका ग्लेइसेन ब्रेमेरले दुई गोल गरेका थिए । १२औं मिनेटमा जियाकोमो बोनाभेन्टुराले गोल गर्दै मिलानलाई अग्रता दिलाए । ३५औं मिनेटमा टोरिनोका ग्लेइसेन ब्रेमेरलेगोल गर्दै खेललाई बराबरीमा ल्याए ।
७१ औँ मिनेटमा ग्लेइसेन ब्रेमेरले ब्यक्तिगत दोस्रो गोल गरेपछि टोरिनोले अग्रता बनायो । ९०औँ मिनेटमा मिलानका हकान कल्हानोग्लुले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए । यसपछि हकान कल्हानोग्लुले १०६ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ज्लाटनले १०८औं मिनेटमा गोल गर्दै मिलानलाई सजिलै जिताए । सेमिफाइनलमा मिलानले इटालियन महारथी युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार