मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

इपिएलमा मोहमद शहजाद चितवनबाट खेल्ने

बुधबार, माघ १५ २०७६

काठमाडौं(जस)–आगामी चैत्रमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि चितवन टाइगर्सले अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद शहजादलाई भित्राएको छ । विष्फोटक ब्याट्सम्यानको पहिचान बनाएका ३३ बर्षे शहजादले अफगानिस्तानका लागि २ टेस्ट, ८४ एकदिवसीय तथा ६५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अफगानिस्तानका लागि टी–२० मा शतक समेत प्रहार गरेका शाहजाद गतबर्षको विश्वकपमा विवास्स्पद रुपमा टिमबाट निकालिएका थिए । त्यसपछि उनी अफगानिस्तानको राष्ट्रिय टिमबाट खेलेका छैनन् ।
चितवनले यस सिजनका लागि ट्रेडिङमार्फत राष्ट्रिय टिमका बलर सोमपाल कामिलाई भित्र्याएको थियो भने अब विस्फोटक ब्याट्सम्यान शाहजादको आगमनले टिम थप बलियो भएको चितवनले बताएको छ । चितवनमा युवा खेलाडी कमल सिंह ऐरी, भीम सार्की, इशान पाण्डे, दिलिप नाथ, ललित भण्डारी शाहब आलम जस्ता खेलाडी रहेका छन् । इपिएल आयोजकले विदेशी खेलाडी भित्र्याउने नयाँ नियम बनाएसँगै यस अघि वेस्टइन्डिजका डवाने स्मिथ भैरहवाबाट र श्रीलंकाका उपुल थरंगा ललितपुरबाट खेल्ने गरि सम्झौता गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार