मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा सम्मानित

सोमबार, माघ १३ २०७६

कास्की(जस)–राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित भएकी छन् । पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उनलाई रु एक लाख नगद, प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरे । नेपालमा गत मङ्सिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै ठूलो सफलता रजत पदक जितेको थियो । विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ । विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभा वर्ष पुरस्कारबाट वार्षिक रुपमा एक जनालाई नगद रु एक लाखसहित पुरस्कृत गर्दै आएको छ ।
विद्यालयले ‘प्रतिभा वर्ष पुरस्कार २०७४’बाट क्रिकेटर सन्दीप लामिछाने र गत वर्ष ‘प्रतिभा वर्ष पुरस्कार २०७५’बाट एचआइभी सङ्क्रमित भएर पनि सगरमाथाको सफल आरोहण गरेका गोपाल श्रेष्ठलाई सम्मान गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयका पूर्वछात्रा सुमिना गुरुङलाई रु ५० हजारसहित सम्मान गरिएको कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार