मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

बार्सिलोना भ्यालेन्सियासँग पराजित

आइतबार, माघ १२ २०७६

काठमाडौ(एजेन्सी)–क्वीके सेटियनले बार्सिलोनाको प्रशिक्षकको रुपमा पहिलो पराजय बेहोरेका छन् । बार्सिलोना भ्यालेन्सियासँग २–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको शुरुवातमा म्याक्सी गोमेजको शक्तिशाली प्रहार जोर्डी अल्बालाई लाग्दै जाली चुम्यो । यसअघि पहिलो हाफमा पेनाल्टीबाट गोल गर्न चुकेका गोमेजले ७७ औँ मिनेटमा दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे ।
खेलको शुरुवात अघि दुई क्लबका समर्थक मेस्टेला स्टेडियम बाहिर भिडेका थिए । सेटियनको नेतृत्वमा बार्सिलोनाले राम्रो शुरुवात गरेको थियो । ला लिगामा बार्साले ग्रानाडालाई हराएको थियो भने कोपा डेलमा यूडी इबिजालाई पराजित गरेको थियो । पराजयपछि बार्सिलोनाको २१ खेलबाट ४३ अंक रहेको छ ।
भ्यालेन्सियाले बार्सालाई आफ्नो घरेलु मैदानमा हराएको सन् २००७ पछि पहिलो पटक हो । जीतपछि भ्यालेन्सिया ३४ अंक बटुल्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । शनिबार भएको अन्य खेलमा सेभियाले ग्रानाडालाई २–० ले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै, भिल्लेरियालले आलाभेसलाई २–१ ले पराजित गर्यो भने एस्पानियोल र एथ्लेटिक बिल्बाओले १–१ को बराबरी खेले ।

प्रतिक्रिया
सम्बन्धित समाचार