काठमाडौं(जस)–वेस्टइन्डिजका भेट्रान क्रिकेटर डवाने स्मिथ आउदो सिजनको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । स्मिथ इपिएलमा भैरहवा ग्लाडीयटर्सबाट खेल्ने निश्चित भएको हो । ३६ बर्षिय स्मिथले भैरहवाबाट खेल्ने गरि सम्झौता गरेको जानकारी दिइएको छ । सम्झौता गरेपछि स्मिथले आफुनेपालमा क्रिकेट खेल्न आउन आतुर रहेको बताएका छन् ।
स्मिथले वेस्टइन्डिजका लागि १० टेस्ट, १०५ एकदिवसीय र ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अलराउन्डर क्रिकेटरको रुपमा पहिचान बनाएका स्मिथले आइपिएल, सिपिएल र बंग्लादेह्स प्रिमियर लिग जस्ता पÞ्रmेन्चाइजी लिग खेलिसकेका छन् । यस सिजनमा इपिएलमा ठुला विदेशी खेलाडी भित्राउने घोषणा गरेअनुसार पÞm्रेन्चाइजीहरुले खेलाडीको घोषणा गर्न शुरु गरेका हुन् । आयोजकले यस सिजनमा दक्षिण अफ्रिकी खेलाडी हासिम अमला वेस्टइन्डिजकै क्रिस गेल इङल्याण्डका लिआम प्लुङकेट जस्ता खेलाडी ल्याउने दाबि गरिरहेका छन् ।