सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जाकोबाबादबाट अर्की हिन्दु केटीको दिनदहाडै अपहरण

आइतबार, माघ ५ २०७६

काठमाडौं (एजेन्सी)– एक पन्ध्र बर्र्षीया युवती मेहक कुमारीको पाकिस्तानको जाकोबाबादबाट अपहरण भएको छ । उनी म्याट्रिक कक्षाको विद्यार्थी रहेको र उनका पिताको नाम बिजय कुमार रहेको बताइएको छ । आफ्नै मेडिकल स्टोर चलाइरहेका बिजयको परिवारमा विद्यालय गएकी छोरी मेहक नफर्किएपछि र कुनै खबर नआएपछिचिन्ता बढ्न थालेको थियो ।
एपीएचपी (अखिल पाकिस्तान हिन्दू पञ्चायत) ले मेहक कुमारीको अपहरण विषयमा विशेष चासोका साथ खोजिनीति गरिरहेको जनाएको छ । जई कुमारका चार बच्चाहरूमा एक छोरा र एक छोरी थिए । जसमा जेठी छोरी मेहक अपहरणपछि उनीहरू बहुतै दुखित भएका छन ।

२८ वर्षीय अपहरणकारी अलि राजा पहिल्यै देखि खराब नियतको भएको बताइएको छ । अलिले पहिल्यै दुइवटा श्रीमती बिवाह गरेका थिए । जाकोबाबाद प्रहरीले अपराधीको आसपासका मान्छेहरू काकालगायत अन्य सदस्यहरूलाइ नियन्त्रणमा लिइसकेको छ ।


एपीएचपी र जाकोबाबाद पञ्चायतले यस मुद्दामा एफआईआर दर्ता नगरी यसलाई फरक तरिकाले समाधान गर्ने आपसी निर्णय गरेका छन् । आपसी निर्णय गरेका छन कि प्रहरीले पनि यस मुद्दामा विशेष सहयोग गरिरहेको छ । एपीएचपीले मेहकको २ दिनभित्र सकुशल अवस्थामा उद्दार हुने कुरामा विश्वास रहेको बताएको छ । पाकिस्तानमा विभिन्न समयमा अल्पसंख्यकको रुपमा रहेका हिन्दुहरुमाथि संकट आइपर्ने गरेको छ । केही समयअघि पनि जाकोाबाबदमा एउटी हिन्दु युवतीको अपहरण भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार