आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वैदेशिक रोजगारीमा अनलाइन प्रणालीले झनै समस्या, बुधबारदेखि बिग्रेको सर्भर अझै बनेन्

शनिबार, माघ ४ २०७६

काठमाडौं(जस)– बुधबारदेखि बिग्रेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस)को समस्या अझै समाधान नहुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेका छन् । वैदेशिक रोजगार कार्यालयको ‘सर्भर’मा समस्या आएपछि अनलाइनमार्फत् हुने सबै काममा समस्या आएको छ । वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति लिने तथा श्रम गर्ने श्रमिकहरु समस्यामा परेको गुनासो गरेका छन् ।
सर्भरमा समस्या आएर ‘सिस्टम’ले काम गर्न छोडेपछि तीन दिनसम्म कार्यालय धाउनुपरेको श्रमिकहरु बताउँछन् । गत बुधबारबाट सिस्टममा आंशिक समस्या आएपनि शुक्रबार भने केहीबेर प्रणालीमा सुधार आएपनि पुनः रोकिएको हो । सिस्टमले काम नगरेपछि वैदेशिक रोजगारीमा जानेहरु अन्योलमा परेका हुन् । वैदेशिक रोजगार विभागले भने हार्डडिस्कमा समस्या आएको कारण सिस्टम नचलेको र आइतबार साँझबाट मात्रै सुचारु हुने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार