काठमाडौं(जस)–युभेन्टस इटालियन कोपाको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले उडीनेसलाई ४–० ले पराजित गरेको हो । आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको युभेन्टसका लागि अर्जेन्टिना प्लेमेकर पाउलो डिबालाले २ गोल गरेका थिए । त्यस्तै गन्जालो हुगेनले एक गोल गरे भने डगलस कोष्टाले एक गोल गरेका थिए । अब कोपाको क्वाटरफाइनलमा युभेन्टसले एस रोमा र पर्माबीचको विजेतासँग खेल्ने छ ।