आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कामना सेवा बैंक र नेपाल क्लियरिङ हाउसबीच आरटिजिएस सम्झौता

बिहिबार, माघ २ २०७६

काठमाडौं(जस)–कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच सोमबार आरटिजिएस सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईपीएसरकनेक्ट आईपीएससुविधा अन्र्तगत आरटिजिएस सुविधा प्राप्त गर्न सक्ने छन् । सम्झौतापछि अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउने विस्वास गरिएको छ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आरटिजिएस सम्झौता गरिसकेको जनाएको छ ।
बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, मोबाईल बैंकिङ्ग र एसएमएस बैंकिङ्गलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार