आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

इन्भेष्टमेण्ट बैंकद्धारो भिमसेन मन्दिर पुनर्निर्माणका लागि ५० लाख सहयोग

बिहिबार, माघ २ २०७६

काठमाडौं(जस)–भिमसेन मन्दिर पुनर्निर्माणका लागि मन्दिर पुनर्निर्माण सरोकार समितिलाई नेपाल इन्भेष्टमेण्ट बैंकले ५० लाख सहयोग गरेको छ । बुधबार एक कार्यक्रमबा बीच बैंकले पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्ला स्थित विभिन्न जातिय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति मार्फत स्थानिय तवरबाट नै आर्थिक श्रोत जुटाउने गरि मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भईरहेको छ ।
‘हाम्रो सम्पदा हामी आफै बनाउन’ भन्ने नाराका साथ काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक चार करोड ९३ लाखको अनुमानित लागतमा शुरु गरिएको श्री भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तिय संस्था, स्थानिय सरकार, प्रदेश सरकार, सांसदहरुबाट समेत आर्थिक सहयोग प्राप्त भई रहेको छ ।
यसै क्रममा आज नेपाल इन्भेष्टमेण्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष पुथ्वी बहादुर पाण्डेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेमार्फत हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए । समितिका सदस्य सचिव मनोज बहादुर न्याछ्योंद्धारा ललितपुर उद्योग वाणिज्य संघको सभाकक्षमा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष किरण मान प्रधानले धन्यबाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार