सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पुरानो संसद् भवन नयाँ बनाउन विकास समितिको निर्देशन

मंगलबार, पुष २९ २०७६

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ । समितिको आजको बैठकमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिनुभएको हो ।

साविक मौलिकता रहने गरी भवन बनाउन उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई निर्देशन गरिएको बैठकमा जानकारी दिनुभयो । सिंहदरबारभित्रै भूकम्पले क्षति पुगेको भवन प्लास्टिक ओढाएर राख्दा पुनःनिर्माणकोका काम हुन नसकेको सन्देश गएकाले पुरानैस्वरुपमा नयाँ भवन बनाउनुपर्ने माग सांसदहरुले गर्नुभएको थियो । सांसद रामबहादुर विष्ट, यज्ञराज सुनुवार, रङ्गमती शाही लगायतले भवन धरापमा नराखी के गर्ने हो छिटो निर्णय गर्न माग गर्नुभएको थियो ।

बैठकमा प्राधिकरणका सचिव शिवहरि शर्मा र शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले नीतिगत निर्णय राजनीतिक नेतृत्वबाट हुनुपर्ने माग गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार