सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

म्यानचेस्टर सिटीको जितमा अग्युरोको ह्याट्रिक

सोमबार, पुष २८ २०७६

काठमाडौं (एजेन्सी)–इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा सिटीले भिल्लामाथि ६–१ गोल अन्तरको फराकिलो जित हासिल गरेको छ । सिटीको जितमा अर्जे्न्टिनी स्ट्राइकर सर्जियो अग्युरोले ह्याट्रिक गरेका थिए भने रियाज महरेजले दुई गोल गरे । त्यस्तै एक गोल गाब्रियल जिससले गरेका थिए । भिल्लाका लागि एक गोल एई घाजीले गरेका थिए ।
योसँगै अग्युरोले प्रिमियर लिगमा नयाँ किर्तिमान बनाएका छन् । उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने ब्रिटेन बाहिरका खेलाडी बनेका छन् । उनले प्रिमियर लिगमा १७७ गोल गरेका छन् । यो किर्तिमान यस अघि थियरी हेनरीको नाममा रहेको थियो । उनले प्रिमियर लिगमा १७५ गोल गरेका थिए । साथै अग्युरोले प्रिमियर लिगमा आफ्नो १२औ ह्याट्रिक पुरा गरेका छन् ।
अग्युरो प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक बनाउने खेलाडी बनेका छन् । यस अघि एलन शीरेर को नाममा ११ ह्याट्रिक रहेको थियो । हाल खेलिरहेका टोटनह्यामका ह्यारी केनको नाममा ८ ह्याट्रिक रहेको छ । यो जितपछि सिटी प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । सिटीको २२ खेलमा ४७ अंक भएको छ भने शिर्ष स्थानमा रहेको लिभरपुलको २१ खेलमा ६१ अंक रहेको छ । त्यस्तै एस्टन भिल्लाको भने २२ खेलमा २१ अंक छ भने उ हाल रेलिगेसन जोनमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार