काठमाडौँ । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा भएको छ । प्रदेशसभामा आइतबार भएको मतदानमा दुई तिहाई मतले नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याएको हो । प्रदेश नाम वाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत परेको थियो ।
११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन्। यस्तै राजधानी हेटौंडा राख्ने प्रस्तावमा मतदान हुँदा १०५ सांसदले पक्षमा र ३ जनाले विपक्षमा मत हालेका थिए। प्रदेश राजधानी हेटौंडा तोकियोस् भनी मुख्यमन्त्री एवं नेकपा नेता डोरमणि पौडेलले प्रस्ताव गरेका थिए।