आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काठमाडौंको कमलाक्षीमा गण्डकी विकास बैंक

आइतबार, पुष २७ २०७६

काठमाडौं (जस)–पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ । यो सहित विकास बैंकको शाखा संख्या ९२ वटा पुगेको छ । त्यसैगरी विकास बैंकले जनकपुरको जनकपुरधाम, काठमाडौंको गल्कोपाखा, बद्रियाको बाँसगढीमा थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यी शाखा सञ्चालनमा आय पछि बैंकको कुल शाखा संख्या ९५ पुग्नेछ ।
हाल यस विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, गत मंसिर मसान्तसम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७.३२ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई सकेको छ भने पुस मसान्तमा सम्पन्न हुन लागेको बाह्रौ वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार