काठमाडौँ । इरानले युक्रेन इन्टर नेशनल एयरलाइन्सको बोइंग ७३७ विमान आफ्नो सेनाले मानवीय गल्तीका कारण मिसायल लागेको स्वीकार गरेको छ ।
यहि पौष २३ गते इरानमा दुर्घटना भएको युक्रेनी विमानमा परी १७६ जनाको मृत्यु भएको थियो ।
इरानको सरकारी टेलिभिजनले सेनालाई उदृत गर्दै ‘मानवीय गल्ति’ का कारण सो घटना भएको बताएको उल्लेख गरेको छ । सोहि राति इरानले अमेरिकी सैन्य अखडामा हमला गरेको थियो ।
यस अघि इरानले अमेरिकाले इरानले मिसायल हानेर विमान खसालेको आरोप अस्वीकार गर्दै आएको थियो ।
अमेरिका र क्यानाडाले आफ्नो विशेष सूचनाका आधारमा इरानले मिसायल हानेर विमान खसालेको दाबि गर्दै आएका थिए ।
विमानमा १६७ यात्रु तथा ९ चालक दलका सदस्य रहेका थिए । जसमा ८२ जना इरानी, ५७ क्यानाडेली नागरिक सवार थिए ।