काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ ।
केहिदिन देखि परेको वर्षाले चिसो बढेपछि असन्तुलित बनेको मौसममा अब भने सुधार आएको छ । महाशाखाका अनुसार हाल देशको तराई भू-भाग मा कुहिरो/हुस्सु लागेको छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
शनिबार
दिउँसो : मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आईतबार
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श केहि नरहेको महाशाखाले जनाएको छ ।