काठमाडौं(जस)–नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा जारि बीग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगितामा आफ्नो जुतामा नेपाल भ्रमण बर्ष २०२० लेखेर प्रचार गरेका छन् ।
पर्यटन मन्त्री अष्ट्रेलियामा विवादित भएकै बेला लामिछानेले भने भ्रमण बर्षको स्पष्ट सन्देश प्रवाह गरेका छन् । त्यसैगरि उनले अष्ट्रेलियामा भइरहेको आगलागीमा परेकाहरुको सम्झनामा ‘बुस फायर हिरोज’ लेखेका छन् । नेपालले सन् २०२०लाई भ्रमण बर्षका रुपमा मनाईरहेको छ । अष्ट्रेलियामा बीबीएल खेलिरहेका सन्दिपले आफ्नो जुत्ताका लागि प्रायोजक खोजिरहेका थिए ।
मेलबोर्न स्टार्सबाट खेलिरहेका सन्दिपले आफ्नो जुत्तामा प्रायोजक नपाएको स्थितीमा मार्करले भ्रमण बर्ष र बुश फायर हिरोज लेखेर बुधबारको सिड्नि स्टार्सबिरुद्ध खेल खेलेका हुन् । पर्यटनमन्त्री योगेश भट्टराई पनि अष्ट्रेलियामा रहेर भ्रमण बर्ष २०२०को प्रचारका क्रममा विवादित बनेका थिए । अष्ट्रेलियामा आगो लागिरहेको बेलामा प्रचार गर्नु संवेदनहिनता भएको भन्दै धेरैले बिरोध गरेका थिए ।