सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

आर्मी लिगको शीर्ष स्थानमा उक्लियो, संकटाको सानदार जित

बिहिबार, पुष २४ २०७६

काठमाडौं(जस)–विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोलले हरायो । आर्मीको जितमा जर्ज प्रिन्स कार्कीले नायक बने । जर्ज प्रिन्सले ३०औं मिनेटमा दिनेश हेम्जनको पासमा गरेको गोलनै आर्मीको जितमा प्रयाप्त बन्यो । आर्मीका विकास खवास म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आर्मीले पाँच खेलबाट १२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता मनाङ मस्र्याङ्दी क्बलको ११ अंक छ । लगातार पाँचौं हार खेपेको सरस्वतीले अंक जोड्न सकेको छैन ।
संकटाको सानदार जित
संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले विभागीय टोली एपीएफ क्लबलाई ४–२ गोलले हरायो । संकटाको जितमा विदेशी खेलाडी अजयी मार्टिनले दुई गोल गरे । लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरेका थिए । एपीएफका नविन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए । लक्ष्मण रुचालले १९औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए । त्यसपछि कर्ण लिम्बुले ४४औं मिनेटमा दोस्रो गोल गरे ।
अजयीले ५३औं र ८८औं मिनेटमा गोल गरेका थिए । अजयी म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । संकटाको तुलनामा केही कमजोर देखिएको एपीएफका लागि नविन लामाले ५६औं र आशिष लामाले ७२औं मिनेटमा गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । लिगमा संकटाको यो दोस्रो जित हो । जितसँगै पाँच खेलबाट सात अंक बनाएको संकटा सातौं स्थानमा छ ।समान खेलबाट चार अंक बनाएको एपीएफ ११औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार