आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेको इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश दिने

बुधबार, पुष २३ २०७६

काठमाडौं(जस)–नेको इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कर प्रयोजन सहित सोे मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पुस २० गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अनामनगरमा केन्द्रिय कार्यालय रहेको कम्पनीको हाल एक करोड ३१ लाख ७४ हजार ३१८ कित्ता शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार