आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा

बुधबार, पुष २३ २०७६

काठमाडौं(जस)–सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । उक्त काउन्टरको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घवप्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन् । उद्घाटनमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवाद दिएका छन् ।
त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता गरेका छन् । कार्यक्रममा मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानियवासी तथा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिएका छन् । सानिमा बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा एटीएम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार