काठमाडौं(जस)–शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब गोलरहित बराबरीमा रोकिएका छन् । अहिलेसम्म दुवै क्लबले एक जितपनि हासिल नगरेको अवस्थामा दुवै टिमले यस खेलमा बराबरीमा चित्त बुझाएका छन् । यो बराबरीपछि हिमालयन शेर्पाको ५ खेलमा तेस्रो बराबरी भएको छ भने २ खेलमा हार बेहोर्दै ३ अंक रहेको छ । त्यस्तै फ्रेन्ड्स क्लबको ५ खेलमा यो दोस्रो बराबरी हो । ३ खेलमा हार बेहोरेको फ्रेन्ड्सको २ अंक रहेको छ ।