आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

क्विक्स कप : अर्विनाको ४ गोलमा स्मृति स्कुलको जित

मंगलबार, पुष २२ २०७६

काठमाडौं(जस)–क्विक्स अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा मंगलबार स्मृति बोर्डिङ स्कुल, बार्चुली मावि, जनज्योति पब्लिक स्कुल र महादेव मावि विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा स्मृतिले नेपालय इङ्लिस पब्लिक स्कुलाई ४–१ ले हरायो । स्मृतिका लागि सबै ४ गोल अर्विना पौडेलले गरिन् । १७ मिनेटमा पहिलो गोल गरेकी अर्विनाले २८ औं र ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । निर्धारित ७० मिनेट खेलको इन्जुरी समयमा उनले अर्को गोल थपेकी थिइन् । खेलको एक आत्मघाती गोल पनि अर्विनाकै नाममा रह्यो ।
अर्को खेलमा बार्चुलीले छहारी सैनिक सदनलाई २–१ ले हरायो । रजनी घर्तिमगरले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । सलिना थारुको गोलमा बार्चुलीले २६ औं मिनेटमा अग्रता लिएपनि रविना सुवेदीले छहारीका लागि ३६ औं मिनेटमा बराबरी गोल गरेकी थिइन् । दिक्षा चन्दले ह्याट्रिक गरेको खेलमा जन ज्योतिले एसएमडीमाथि ५–० को जित हासिल गर्यो ।
३० औं मिनेटमा पहिलो गोल गरेकी दिक्षाले ५६ औंमा दोस्रो र ६८ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरिन् । अन्जली चौधरी र पवित्रा चौधरीले समान १ गोल गरे । हेमा राउत, सपना, पुष्पाकुमारी विष्ट र प्रतिक्षा चौधरीको गोलमा माधव स्कुलले एकता जेम्सलाई ४–० ले पराजित गरेको थियो । ७ प्रदेशबाट छनोट भइआएका विद्यालयले अन्तिम चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । छात्रातर्फको अन्तिम चरण भने यसअघि नै सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार