काठमाडौं(एजेन्सी)–टेलिभिजन र फिल्ममा सर्वोत्कृष्ट काम गर्ने टेलिचलचित्र र फिल्मलाई सम्मान स्वरुप आयोजना गरिएको ७७औँ गोल्डेन ग्लब्स अवार्ड्स सम्पन्न भएको छ । टेलिभिजनतर्फ सर्वोत्कृष्ट म्युजिकल वा कमेडी सिरिज विधामा अभिनय गर्ने नायक रम्मी युसेफले ‘रम्मी’ बाट पाएका छन् भने नायिका तर्फ फोबी वालर(ब्रिजले ‘फ्लि ब्यग’ बाट जितेकी छिन् । म्युजिकल वा कमेडीमा ‘फ्लि ब्याग’ ले सबैभन्दा राम्रो टेलिभिजन सिरिजको उपाधि पाएको छ । ‘सक्सेसन’ ले यो वर्षको सर्वौ्त्क्रिष्ट ड्रामा उपाधि पाएको छ । टेलिभिजन सिरिजमा ड्रामाको सर्वोत्कृष्ट नायकमा ‘सक्सेसन’ बाट ब्रायन कक्सले अवार्ड हात परेका छन् भने सोहि विधामा नायिका तर्फ ओलिभिय कोलम्यानले ‘द क्राउन’ बाट अवार्ड जितेकी छिन् ।
छोटो शृंखला भएको लिमिटेड सिरिज तथा मोसन पिक्चरको सर्वोत्कृष्ट नायक तर्फ रसेल क्रोवी ‘द लाउडेस्ट भोईस’ बाट अवार्ड हासिल गरेका छन् । सहयोगी भूमिकामा सर्वोत्कृष्ट नायक भने स्टेलान स्कार्सगार्ड ‘सेरनोबिल’बाट जितेका छन् । मेरिट विलियम्सले फोसेरवर्डनबाट सोहि विधामा सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी छिन् र दि एक्टबाट प्याट्रिसिया आर्क्वेटले सहयोगी भूमिकामा सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् ।
फिल्म तर्फ भने, बेस्ट मोसन पिक्चर, म्युजिकल वा कमेडीमा वन्स अपन अ टाइम इन हलीवुडले आफ्नो नाम गरेको छ । साथै मोसन पिक्चरमा सर्वोत्कृष्ट पटकथामा क्वीन्थ ट्यारनटिनोले सोहि फिल्म बाट अवार्ड पाएका छन् । ब्र्याड पिट ले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् । फिल्म म्यारिज स्टोरीबाट सर्वोत्कृष्ट नायिका लरा डर्न भएकी छिन् । १९१७ले बेस्ट मोसन पिक्चर इन ड्रामाको उपाधि जित्न सफल भएको छ । निर्देशक तर्फ पनि सोहि फिल्मबाट साम मेन्डेसले अवार्ड जितेका छन् । विदेशी भाषामा सर्वोत्कृष्ट फिल्म भने प्यारासाइटले जितेको छ । सर्वि्त्क्रिष्ट ओरिजिनल गित रकेटमायानको ‘आई एम गन लभ मि अगेन’ले पाएको छ ।
ड्रामा तर्फबाट बेस्ट एक्टरको अवार्ड ज्यक्विन फिनिक्सले फिल्म जोकरबाट पाएका छन् । बेस्ट ओरिजिनल स्कोरमा हिल्डुर गुअनादोटिरले जोकर फिल्मबाट जितेका छन् । ट्यारोन एगार्टनले म्युजिकल र कमेडी विदामा रकेट म्यानबाट सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् । एनिमेसन तर्फ भने मिसिङ्ग लिंकले जितेको छ । रिनि ज्वेलगरले जुडी फिल्मबाट ड्रामामा बेस्ट नायिकाको अवार्ड जितेकी छिन् । अक्वाफीना द फेरवेलबाट म्युजिकल, कमेडी तर्फको सर्वोत्कृष्ट नायिका बनेकी छिन् ।