काठमाडौं / बागलुङ महोत्सवका अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट पैसा पठाएर लालवीर विकले टिभी उपहार पाएका छन् । महोत्सव अवधिभर बागलुङ बजारबाट पैसा पठाएर प्राप्त भएको कोडका आधारमा लक्की ड्रमार्फत विक विजयी भएकाे सिटी एक्सप्रेसका बजार प्रमुख मधुकुमार लामाले नयाँ विश्वलाई जानकारी दिए ।
प्रमुख अतिथि गण्डकी प्रदेशका वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री विकास लम्सालले लक्की ड्रमार्फत विककाे नाम छानेका थिए । जापानबाट पठाएको पैसा विकले हरिचौर मनी ट्रान्सफरमार्फत पाएका थिए । विकलाई टिभी उपलब्ध गराइने सिटी एक्सप्रेसका बजार प्रतिनिधि तिलककुमार क्षेत्रीले जानकारी दिए ।
महोत्सवमा लोकदोहाेरी प्रतियोगिताको प्रायोजन एक्सप्रेसले गरेको थियाे । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि सेवा दिँदै आएकाे छ ।