आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सनराइज बैंकको दोधारा चाँदनीमा १३० औं शाखा

सोमबार, पुष २१ २०७६

काठमाडौं(जस)–सनराइज बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने क्रममा यही पुस २१मा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ । सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार