आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रौतहटको दोस्तियामा

सोमबार, पुष २१ २०७६

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियामा यहि पौष १८ गतेबाट १०३ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
फ्mतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर कान्ती देवी महतोले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरिन् । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी वृजकिशोर प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार