मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ए डिभिजन लिगमा मनाङ र मछिन्द्र बराबरीमा रोकिए

सोमबार, पुष २१ २०७६

काठमाडौं(जस)–शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लब बराबरीमा रोकिएका छन् । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिम २–२ गोल गर्दै बराबरीमा रोकिएका हुन् । मनाङका लागि फेमी जउसा अडेउमी र बिमल रानाले एक एक गोल गरेका थिए भने मछिन्द्रका लागि सुजल श्रेष्ठ र बुद्धराज लिम्बुले एक एक गोल गरेका थिए ।

निकै रोमान्चक खेलमा खेलको दोस्रो मिनेटमा नै मनाङका लागि फेमीले गोल गर्दै शुरुवाती अग्रता दिलाएकोमा खेलको ४६औ मिनेटमा सुजलले गोल गर्दै मछिन्द्रका लागि बराबरी गोल गरेका थिए । त्यसपछि खेलको ८६औ मिनेटमा मछिन्द्रका लिम्बुले गोल गर्दै २–१ को अग्रता दिलाएपनि त्यसको दुई मिनेटपछिनै मनाङका लागि बिमलले बराबरी गोल गरेका थिए । यो बराबरीपछि मनाङ ५ खेलमा ११ अंकसहित शिर्ष स्थानमा कायम छ भने मछिन्द्र ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

जाउलाखेल र एनआरटीले अंक बाँडे
जाउलाखेल युथ र एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै दुवै टोलीले एक एक अंक पाए । यससँगै जाउलाखेलले पाँच खेलबाट नौ अंक बनाएको छ । एनआरटीको समान खेलबाट पाँच अंक छ । अघिल्लो सिजन लिगको अन्तिममा रहेकोले यसपटक एनआरटीको दुई अंक घटाइएको छ । एन्फाले अघिल्लो बर्ष रेलिगेसन विनाको लिग सञ्चालन गरेको थियो । सोही कारण अन्तिममा रहने दुई टोलीको यसपटक एक र दुई अंक घटाउने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार