सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको पाँचौँ जित

शनिबार, पुष १९ २०७६

काठमाडौँ(जस)–नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पाँचौ जित हात पारेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको हो । स्टार्सलाई पाँचौ जित दिलाउने क्रममा सन्दीपले ३ विकेट लिएका थिए । सुरुवाती दुई ओभरमा विकेट विहीन सन्दीप तेस्रो ओभरमा २ र चौंथो ओभरमा १ विकेट लिन सफल भएका हुन् ।
यससँगै यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल भएका छन् । यता आजको जितसँगै स्टार्स पनि अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेटाएको थियो ।
स्टार्सको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए । रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार