सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मैदान हिलाम्य भएपछि लिगका खेल स्थगित

शनिबार, पुष १९ २०७६

काठमाडौं (जस)–अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार र भोलि हुने खेल स्थगित गरेकोे छ । मैदान खेल्न लायक नभएपछि पाँचौँ चरणका खेल अब सोमबारदेखि हुनेछन् । एन्फाका अनुसार सोमबार दशरथ रङ्गशालामा पहिलो खेल न्युरोड टिम र जावलाखेल युथ क्लबबीच तथा अर्को खेल मनाङ–मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ ।

लिगको चौथो चरण सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । मछिन्द्र क्लब दोस्रो, त्रिभुवन आर्मी क्लब तेस्रो, जावलाखेल चौथो, नेपाल पुलिस क्लब पाँचौँ, थ्री स्टार छैटौँ, ब्रिगेड ब्वाइज क्लब सातौँ, न्यू रोड टिम आठौँ, च्यासल युथ क्लब नवौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब दशौँ, सङ्कटा क्लब ११औँ, हिमालयन शेर्पा क्लब १२औँ, फ्रेन्डस् क्लब १३औँ तथा सरस्वती युथ क्लब १४औँ स्थानमा छ ।

ए डिभिजन लिगको चौथो चरण सकिदा मनाङ शिर्ष स्थानमा
शहिद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् । चौथो चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शिर्ष स्थानमा रहेको छ । मनाङ ४ खेलमा ३ जित र एक बराबरीसहित १० अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै मछिन्द्र क्लबले पनि मनाङ जस्तै ३ खेलमा जित र एक बराबरीसहित १० अंक हासिल भएपनि गत सिजनमा अन्तिम दोस्रोमा भएकाले यस सिजनमा एक अंक घटाइदा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब ४ खेलमा ३ जित र एक हारसहित ९ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै जावलाखेल युथ क्लब ४ खेलमा २ जित र २ बराबरीसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लब र थ्री स्टार क्लब ७(७ अंक सहित पाँचौ र छैठौ स्थानमा रहेका छन् । त्यस्तै ब्रिगेड ब्वायज ६ अंकसहित सातौ स्थानमा छ भने न्युरोड टीम, च्यासल युथ क्लब, एपिएफ र संकटा ४–४ अंक हासिल गर्दै आठौ, नवौ, दशौ र एघारौ स्थानमा रहेका छन् । त्यस्तै अहिलेसम्म चार खेलमा हिमालयन शेर्पा, फ्रेन्ड्स र सरस्वती युथ क्लबले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । हिमालयन शेर्पा २ अंक सहित १२औ स्थानमा, फ्रेन्ड्स एक अंकसहित १३औ स्थानमा र सरस्वती क्लब चारै खेल हारेर अंकविहिन हुदै पुछारमा रहेको छ । अब पाँचौ चरणका खेल शनिबारदेखि शुरु हुदै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार