मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ माघमा हुने

शनिबार, पुष १९ २०७६

काठमाडौँ(जस)– ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनोद महर्जनले विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, मुवाँथाई, किक बक्सिङ र तीन विभागीय टोली ९आर्मी÷प्रहरी÷एपीएफ० को सहभागिता रहने छ । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुषरमहिला खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । टिममा शीर्ष स्थान हात पार्नेलाई १ लाख र दोश्रोलाई ५० हजार नगद पुरस्कार दिइने छ । तीनदिने प्रतियोगिताका खेलहरु चापागाउँस्थित प्याङगाउँचौरमा हुनेछ । आयोजक संघका संरक्षक एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले विगतको भन्दा प्रतियोगिता भब्य र व्यवस्थित हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार