आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

छायाँकनको अन्तिम चरणमा ‘ठुलो माछा’

शनिबार, पुष १९ २०७६

काठमाडौँ(जस)–‘ठुलो माछा’ अहिले छायाँकन भइरहेको फिल्म हो । प्रदीप पाठकको निर्देशन रहेको अहिले काभ्रे आसपासमा छायाँकन भइरहेको छ । निर्देशक प्रदीपका अनुसार फिल्मको ९० प्रतिशत काम सकिएको छ । कमेडी बिषयबस्तुमा निर्माण भएको फिल्म ‘ठुलो माछा’मा नेपाली टेलिफिल्मका नाम चलेका कलाकार महादेव त्रिपाठी, एलिना बास्कोटा, सारदा गिरी (कालीवुढी), उत्तम केसी, प्रदीप पाठक (नक्कली प्रचण्ड), लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

ह्याप्पी पाठक इन्टरटेन्मेन्टको ब्यानरबाट निर्मित ‘ठुलो माछा’लाई प्रकाश पाठकले निर्माण गरेका हुन् । यसका सहनिर्माताका रुपमा राम शरण खत्री रहेका छन् । फिल्मको रिलिज फागुन अन्तिम गरिने निर्माता पाठकले बताए । नेपाल अगाडि फिल्मलाई जापान र अमेरिकामा पनि प्रदर्शन गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार