काठमाडौं,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिकहरुको सम्मानसँग राष्ट्रिय सम्मानसमेत जोडिएको बताउदै पत्रकार सरकारको आखा र कान भएको बताएका छन्। बिहिबार वैदेशिक रोजगार पत्रकार समाजको दशौँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले आफ्नो रोजिरोटिको खोजिमा विदेशिने श्रमिकहरुको सम्मान राष्ट्रिय सम्मानसँग जोडिएको बताए ।

हाल नेपाली युवाहरु आफ्नो परिवार छाडेर रोजिरोटिको खोजिमा विदेशिनुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले यस्तो बाध्यात्मक अवस्थाको अन्त्यका लागि सरकार क्रियाशील रहेको मन्त्री यादवले बताए । हाम्रा युवाहरुले परदेशमा दुःख र समस्या भोग्न नपरोस् भनेर सरकारले योजना बनाइरहेको मन्त्री यादबले दाबी गरे । उनले युवाहरुका लागि सुरक्षित गन्तव्य मुलुक खोजिरहेको र यो क्षेत्र ब्यबस्थित बनाउन बैदेशिक रोजगार पत्रकार समाजको पनि ठुलो भूमिका हुने भएकाले समाजसँग सहकार्य गरेर अगाडी बढने समेत बताए ।
मन्त्री यादवले समाजको अझै प्रगतिको कामना गरे । कार्यक्रममा मन्त्रालयका सचिब बिनोद केसीले समाजमा बैदेशिक रोजगार क्षेत्रमा धेरै पहिलादेखि कलम चलाईरहेका पत्रकारहरु भएकाले समाजसँग सहकार्य गरेर अगाडी बढने जनाउदै समाजको अझै सफलताको कामना गरे ।

उक्त कार्यक्रममा समाजका सल्हाकारहरु रामजी बगाले, मदन श्रेष्ठ, रुद्र खड्का अध्यक्ष हरि थापा, बरिस्ठ उपाध्यक्ष उद्वब भट्टराई, उपाध्यक्ष इन्द्रलक्ष्मी घिमिरे, महासचिब रेशम पौडेल, कोशाध्यक्ष निर्मला घिमिरेलगाएत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

