काठमाडौं(जस)– वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउदै आएका संचारकर्मीहरुको साझा संस्था वैदेशिक रोजगार पत्रकार समाज स्थापनाको १० औ वर्षमा प्रवेश गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको प्रमुख आतिथ्यतामा केक काटेर समाजले बार्षिकोत्सव समारोह मनाएईको हो ।

युनियन हाउस अनामनगरमा आयोजित समाजको दशौ बार्षिकोत्सव समारोहमा नेपाल पत्रकार महासंघका महासचिव विष्टले वर्तमान समयमा वैदेशिक रोजगारको क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड र रोजगारीको स्रोतका साथै समाचारको पनि ठुलो मुहान भएको भन्दै यस क्षेत्रमा रहेका समस्याहरुको उजागरमा शसक्त ढंगमा प्रस्तुत हुन समाजका सदस्यहरुलाई आग्रह गरे ।

पत्रकार महासंघ यसका लागि समाजसँग सहकार्य गरेर अघि बढन तत्पर रहेको बताउदै महासचिव विष्टले यसका साथै संचारकर्मीको क्षमता अभिवृद्धिमा पनि आफुहरुले सघाउने प्रतिवद्धता व्यक्त गरे । सोही अवसरमा समाजका सल्लाहकारहरु नवनिर्वाचित पदाधिकारी तथा संस्थापक अध्यक्षलाई प्रमाणपत्र वितरण गरिएको थियो ।




