सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बक्सिङ खेलमा स्वर्ण विजेता सम्मानित

बिहिबार, पुष १७ २०७६

काठमाडौँ(जस)–नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरिएको छ । सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो । जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
उनीहरुलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सम्मान गरेका हुन् । सम्मानस्वरुप उनहरुले जनही रु २५ हजार प्राप्त गरे । बेलायतमा बस्दै आएका पूर्वबक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेतालाई सम्मान गर्न उक्त रकम नेपाल बक्सिङ सङ्घलाई पठाएका थिए । कार्यक्रममा बक्सिङका रजत र कास्य पदक विजेतालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार