काठमाडौं(जस)–शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको अन्तिम खेलमा शसस्त्र प्रहरीको एपिएफ टिम विजयी भएको छ । विहिबार सम्पन्न खेलमा एपिएफले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एपिएफका लागि दुवै गोल आशिष लामाले गरेका थिए । लामाले पहिलो गोल खेलको ६३औ मिनेटमा गरे भने दोस्रो खेल खेलको अन्तिम मिनेटको इन्जुरी समयमा गरेका थिए ।
त्यस्तै सरस्वतीका लागि एक गोल खेलको अन्तिम मिनेटमा बिनोद केसीले गरेका थिए । यस अघि खेलेका ३ खेलमा २ हार एक बराबरी खेलेको एपीएफले लिगमा पहिलो जित हासिल गरेको छ । त्यस्तै सरस्वती युथ क्लबले भने अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।