आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ओली र मोदीबीच टेलिफोन संवाद

बुधबार, पुष १६ २०७६

काठमाडौँ(जस)–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बुधबार टेलिफोन संवाद भई उनहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास उनहरुले व्यक्त गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकामा बुधबार प्रधानमन्त्री तहमा संवाद भएको हो । प्रधानमन्त्री ओलीले बुधबार बिहान १०ः३० ले टेलिफोन संवाद गरेका उनका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।
उनीहरूले आपसमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गरेको र त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राखेकोो चासो र शुभेच्छाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरे । टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पु¥याउन सन् २०२० सफल रहने पनि उनहरूले विश्वास व्यक्त गरेको थापाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि पुनःआग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार