आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमा दावी रकम भुक्तानी

बुधबार, पुष १६ २०७६

काठमाडौं(जस)–सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ । बिमित स्वः केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार सात सय ६ ४ भुक्तानी गरि पाँच लाख बिमाङ्कको जीवन बिमा गरेकोमा एक कार्यक्रमका वीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला वस्नेतलाई पाँच लाख १७ हजार पाँच सयको चेक हस्तान्तरण गरे । साथै सोही अवसरमा सल्यान जिल्लामा बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार