आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अब मलेसियामा न्यूनतम तलब १२ सय रिङ्गिट, १२ सय भन्दा कमका मागपत्र दूतावासले स्विकृत नगर्ने

बुधबार, पुष १६ २०७६

काठमाडौं (जस)–मलेसियास्थित नेपाली राजदुताबासले आधारभूत तलब मलेसियन रिङ्गिट १२ सय नराखेका मागपत्र स्विकृत नगर्ने भएको छ । दुतावासले सूचना जारी गर्दै जनवरी २ (पौष १७) गतेदेखि मलेसियन रिङ्गिट १२ सय भन्दा कम आधारभूत तलवका मागपत्र स्किृत नगर्ने जनाएको हो । मलेसिया सरकारले जनवरी १ देखि लागू हुने गरी न्यूनतम तलब बढाउने घोषणा गरेपछि दुतावासले यस्तो सुचना जारी गरेको हो ।
यो सँगै मलेसियामा कामदार माग गर्ने कम्पनीले १२ सय रिङ्गिट भन्दा कम तलव राखेर मागपत्र पेश गरेमा स्विकृत हुनेछैन । नयाँ नियम अनुसार मलेसियामा कामदारको आधारभूत तलब न्यूनतम ३३ हजार भन्दा धेरै हुने छ । यो मंगलबारको मूल्य अनुसार हो । दुतावासको उक्त सूचनाप्रति मलेसियामा रहेका नेपाली नेपाली कामदारले खुसी ब्यक्त गरेका छन् । उनीहरुले नयाँका लागि मात्र नभएर पहिल्यैदेखि मलेसियामा रहेका कामदारका लागि पनि उक्त नियम लागू गर्न दुतावास समक्ष अनुरोध गरेका छन् । मलेसियामा हाल झन्डै चार लाख नेपाली कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार