आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रदेश ३ को प्रदेशसभा पुस २१ गते बोलाउने निर्णय

मंगलबार, पुष १५ २०७६

हेटौडा । प्रदेश नं– ३ को प्रदेश सरकारले यही पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

प्रदेशसभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय भएको उनको भनाइ छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार