आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जनउद्धार केन्द्र मलेसिया नेपालीलाई सहयोग गर्दै, पेनाङ्ग राज्यको राजाउडा शहरमा सम्पर्क समिती गठन

सोमबार, पुष १४ २०७६

काठमाडौं । जनउद्धार केन्द्र मलेसिया पेनाङ्ग राज्यको राजाउडा शहरमा अर्को एउटा सम्पर्क समिती गठन भएको छ । २९ डिसेम्बर २०१९ का दिन जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा, बरिष्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ , सचिब शंकर देब आचार्य र सह सचिब बालकृष्ण आचार्य सहित को उपस्थिति मा राजाउडा मा २३ सदस्यीय सम्पर्क समिती चयन गरिएको छ ।

संजय कुमार अधिकारिको विशेष पहलमा गठित उक्त समितिको अध्यक्षमा दिल बहादुर परियार, उपाध्यक्षमा दुर्गेश बर्देवा र हरिओम पटेल, सचिबमा सुवास तामाङ्ग, सह सचिबमा महेश गिरि , कोषाध्यक्ष मा गणेश बिश्वकर्मा र सदस्य हरुमा क्रमशः बिनोद कुमार कुशबाह, राजेश बिश्वकर्मा, सुमन सुजि, रोजन कार्की, प्रदिप कार्की, राजु लामा, धनसिं लिम्बू, गंगा बि।क , पदम बि।क , मोहन बि।क , मोहम्मद शेखावत, लक्ष्मि बिश्वकर्मा , राम कुमार तामाङ र सुन लामा तामाङ रहनुभएको छ।


संन्जय कुमार अधिकारी लाई सल्लाहकार चयन गरिएको सो भेलामा, केन्द्रका बाट आउनुभएका सबैले मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष केशु थापाले नयाँ सम्पर्क समिति लाई बधाई सहित संस्थाको बिधान एक पर्ती , संस्था दर्ताको प्रमाणपत्र लगायत कागजात हस्तान्तरण गर्नुभएको थियो कार्यक्रम सचिब शंकर देब आचार्य ले संचालन गर्नुभएको थियो। अध्यक्ष केशु थापाले जनउद्धार केन्द्र नयाँ सम्पर्क समिति लाई सफल कार्यकाल को लागि शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार