आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मौसम : पहाडी भू-भागमा बदली, बर्षा र हिमपात हुने

सोमबार, पुष १४ २०७६

काठमाडौं । देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

हाल तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १४ गते (सोमबार)

दिउँसो: देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक बदली रहने देखीन्छ।

राती: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

पौष १६ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भू-भागमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार