काठमाडौं(जस)–कृषि विकास बैंकले ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेललाई सो मात्रामा डस्टबिन हस्तान्तरण गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेललाई आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बाताबरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको बताए ।
समाजका अध्यक्ष विश्वराज पौडेलले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताउंदै बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । कागेश्वरी मनोहरा नगर वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयालले आफ्नो वडा भित्रको सरसफाई कार्यमा सहयोग आएकोमा खुसी व्यक्त गरे । विस २०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा विकास भइरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भइरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो ।
करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनीमा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाँकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुद क्षेत्र, ग्रोसरी आदि रहेका छन् । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, ३ नम्बर प्रदेशका निर्देशक सुन्दर खतिवडा, समाजका पदाधिकारीहरु लगायत समाजका सदस्यहरको उपस्थिति रहेको थियो ।