आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

महिन्द्राका ‘एक्सयूभी–३००’ अब प्रदेश–५को बुटवलमा

आइतबार, पुष १३ २०७६

काठमाडौं(जस)– महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–तीन सय’ काठमाडौं र गण्डकी प्रदेश पश्चात बुटवलमा पनि बिक्रिवितरण शुरु गरेको छ । ‘एक्सयूभी–तीन सय’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रूपमा सार्वजनिक गर । समारोहमा बोल्दै अग्नि गु्रपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा भने– हामी एक्स यूभी तीन सय प्रदेश–५, बुटवलमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षा गरे झैं नयाँ पुस्ताका महिन्द्रा गाडीहरु मध्येको नवीनतम भेट हो ।
मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरू युक्त एक्स यूभी तीन सय ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।अग्नि ग्रुपका स्थानीय विक्रेता लोक शुशिला अटो कन्र्शन प्रा.लि.बुटवलका प्रबन्ध निर्देशक लोकहरि श्रेष्ठका अनुसार, महिन्द्राको लेटेस्ट एस यूभी महिन्द्रा एक्स यूभी–तीन सय नेपालीबजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एस यूभी हो । महिन्द्राको नयाँ एक्स यूभी–सय तीनको डिजाइन निकै आक्रमक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजता पूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले प्रदेश–५, बुटवलमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ । यसमा आकर्षक सन्रुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ ।
नयाँ एक्स यूभी तीन सयको मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रुपैयाँ र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६ लाख ५० हजार रुपैयाँ त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ डब्लु ६वर्गका लागि ४५ लाख रुपैयाँ डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ र यी सवारीसाधन नेपाल भरिरहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार