आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सिद्धार्थ बैंकको ‘महिला उद्यमशील कर्जा’मा विभिन्न सुविधा

आइतबार, पुष १३ २०७६

काठमाडौं(जस)–सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि रू १५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ ।
सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ । महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरू निम्न वमोजिम छन् ।
१) ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाख सम्म)
२) वार्षिक ६।०२ प्रतिशतसम्मको आकर्षक ब्याजदर
३) प्रशासनिक शुल्क नलाग्ने
४) अग्रिम भुक्तानी शुल्क नलाग्ने
५) सरल भुक्तानी सुविधा
६) ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो । सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार