आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार यो क्षेत्रकालागि कोशेढुंगा बन्नेछ (अन्तरवार्ता)

आइतबार, पुष १३ २०७६

कालीबहादुर घर्ती मगर
अध्यक्ष
नेपाल मार्शल आर्ट्स हाप्किडो संघ

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ पछिल्लो समय नेपालमा निरन्तर सक्रिय खेलकुदको राष्ट्रिय संघको रुपमा रहेको छ । बिगतमाविभिन्न खेलकुदको आयोजना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको यस संघले सन् २०२० जनवरी २५ र २६ मा पोखरामाअन्तर्राष्ट्रीय मार्शल आट्र्स हाप्किडो सेमिनारको आयोजना गर्दैछ । यसै आयोजनाको बिषयवस्तुमा रहेर नेपाल मार्शल आर्ट्स हाप्किडोसंघ तथा साउथ एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरसंग गरिएको कुराकानीको सार संक्षेप-

हाप्किडो कस्तो खेल हो, कसरी खेलिन्छ ?
हाप्किडो कोरियन मार्शल आर्ट्स खेल हो । हाप्किडो शब्दको प्रयोग कोरियन भाषाबाट प्रतिपादित भएर आएको हो । यो विस्वभरफैलिएको छ । यो खेल नेपालमा नौलो भएता पनि अन्य देशमा धेरै पुरानो खेल हो । यो खेल एउटा यस्तो कला हो जसलाई दुश्मनबाटआत्मरक्षा गर्ने शैली सिकाउँछ । यो सेल्फ डिफेन्स गेम हो । साथसाथै यसको प्रतियोगिताहरू हाप्किडोको आफ्नै विधि, प्रक्रिया र नियमअनुसार खेलिन्छ । यस खेलमा किक, पञ्च, थ्रोइंग लक सम्पूर्ण शरीरका अंगहरु र टेक्निकहरूको प्रयोग गरिएको हुन्छ । साथै शरीरकाअंगहरू बाहेक हतियारहरू जस्तै आधुनिक हतियार, पिस्तोल, लाठी, चाकु, डोरी, आदिको आत्मरक्षा प्रयोग गरिएको हुन्छ । समग्रमा हाप्किडो खेलमा छोटो दुरी तथा लामो दुरीबाट आक्रमण गर्ने शत्रुबाट बच्न तथा शत्रुसँग लड्ने कलाहरू सिकिन्छ । यस खेलमातेक्वान्दो, कराते, बक्सिङ, जूडो आदि मार्शल आर्टस खेलको कलालाई समावेश गरिएको हुन्छ ।

यो सेमिनार भन्दा अघि तपाईहरुको सक्रियताले यो खेललाई नेपालमा कहाँ पु¥याएको छ, नेपालमा यो खेलको अवस्था कस्तो छ ?
म नेपाल मार्शल आर्ट्स हाप्किडो संघको संस्थापक अध्यक्ष हु । यो नेपालको राष्ट्रिय संघ हो, म लगायत संघका पदाधिकारीहरू बाटनेपालमा हाप्किडो खेललाई संस्थागत बिकास र विस्तार गरेका हौ। म नेतृत्वमा आएको तीन वर्ष नाघेको छ । हाम्रो उपस्थिति कत्ति छभन्ने हाम्रो कार्यक्रम, प्रतियोगिता आयोजनाहरूको परिणामले देखाइसकेको छ। यो तिन वर्ष हामी यत्ति फराकिलो दायरामा छौ की यहीगतिमा जाँदा अवको केही समयमा यो हाप्किडो खेल नेपालको प्रभावशाली खेल हुने छ । यही बाटोको एउटा महत्वपूर्ण कोशेढुंगाकोरुपमा जसले बिभिन्न कालखण्डमा आमूल परिवर्तनका निम्ति सहिद हुनुभएका सहिदहरूको सम्झानामा २ महिना अघि रोल्पामा आयोजना गरेको बृहत हाप्किडो राष्ट्रिय च्याम्पियनसिप हो । यस पछिको अर्को काशेढुंगा यो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारले स्थापित गर्नेछ ।

पहिलो पटक अन्तराष्ट्रिय हाप्किडो सेमिनारको आयोजना गर्न पोखरा छान्नुभयो । यसको कारण के होला ?
नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्रीय समितिको निर्णय अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जनवरी २५ र २६ मा प्रथम अन्तर्राष्ट्रीय हाप्किडो सेमिनार गर्ने निर्णय भयो । साचो यथार्थ के हो भने नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने र यसमा गर्व गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा भौगोलिक विशेषता नै हो । खेललाई शहरमुखी मात्रै होईन, गाउमुखी पनि कार्यक्रमगर्नुपर्छ लक्ष्य अनुरूप हामीले सधैं केन्द्रीय राजधानीमा मात्रै कार्यक्रम गर्नु पर्छ भन्ने होईन । राजधानी भन्दा बाहिर पनि यस खालकाआयोजना गर्न सकिन्छ, हाप्किडो खेल मार्फत गण्डकी प्रदेश लाई अन्तर्राष्ट्रीयकरण गरि त्यस ठाऊको भूगोल, त्यहाँको प्राकृतिकसुन्दरतालाई विश्वसामू चिनाउनु पर्छ भन्ने उद्देश्य रहेको छ । नेपालका प्राय ठाउँहरु सुन्दर छन् । तर, पोखरा देशकै सफा शहर, प्राकृतिकसुन्दरता र सुविधा युक्त पर्यटकीय नगरी हो । यसकारण पोखरालाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा परिचित गराउने र नेपालको पर्यटकीयअर्थतन्त्रमा पनि यसले सहयोग पु¥याउनेछ भन्ने विश्वास लिएका छौं । आजको आवश्यकता पनि यो हो कि राजधानी बाहिरको नेपालपनि हामीले चिनाउनु छ । त्यसैले यो सेमिनारको उद्देश्य खेलसंग मात्रै सीमित नभई पोखरा सहरको साथसाथै सहर भन्दा टाढा ग्रामीण भेगमा बसोबास गर्ने युवा तथा आम जनतामा पनि खेलप्रति चेतना अनि जागरण पैदा गर्नेछ र हाप्किडो खेलप्रति सकारात्मक सोचकोविकास गर्नेछ ।

सेमिनारमा कति देशको सहभागिता रहनेछ र उनीहरूको भूमिका के रहनेछ ?
नेपालसहित २० देखि २५ देशका हाप्किडो ग्राण्डमास्टर, मास्टर खेलाडी तथा अफिसियलहरू आउने छन् । यो सेमिनारमा ग्राण्डमास्टरही क्वान ली (अमेरिका), ग्राण्डमास्टर गेरगार्ड अगरिंज (अस्ट्रिया), ग्राण्डमास्टर डेमिड मोमोट (रसिया), ग्राण्डमास्टर सियन पियर्सन(अमेरिका) ग्राण्डमास्टर लियोनिड लि (दक्षिण कोरिया), मास्टर काली बहादुर घर्ती मगर(नेपाल), आठौ साफ गोल्ड मेडलिस्ट प्रकाशथापा मगर(नेपाल)ले सेमिनारमा विशेष प्रशिक्षण दिनुहुनेछ । अन्य देशका मास्टर तथा खेलाडी अफिसियलहरु सेमिनारमा सहभागिताहुनेछन् ।

पहिलो पटक यत्ति ठूलो अन्तराष्ट्रिय आयोजना गदै हुनुहुन्छ, कठिनाई हुदैन ?
यो सेमिनार हामीले सामूहिक रुपमा गरेका गर्दैछौ । यो खेलमा संलग्न धेरै जना यसको लागि जुटिरहनुभएको छ । कुनै पनि ठूला कामगर्न कठिन र चनौती त छदैछ । तर पनि कठिन कामलाई स्वीकार गरेको कारणले नै नेपाल मार्शल आर्ट्स हाप्किडो संघले धेरैप्रतियोगिता, सेमिनारहरू सफलतापूर्वक आयोजना गर्दै अन्तर्राष्ट्रीय प्रतियोगिताहरूमा खेलाडीले बिभिन्न पदक प्राप्त गर्न सफल भएकाछन् । यसले नेपाली खेलकुदको इतिहासमा एउटा उदाहरण छाड्ने छ ।

यति ठूलो सेमिनार हुँदैछ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
पटक्कै हुदैन । व्यवस्थापनमा कमजोरी हुने भनेकै जिम्मेवारीलाई गम्भीरतापूर्वक नलिने र हेलचेक्रयाइ गर्ने हो । जुन कुरा म मात्र होइनहाम्रो टिमको कुनै पनि साथीमा लागु हुँदैन । साथसाथै पोखरेली आम खेलप्रेमी आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूले सहयोग गर्नुहुनेछ। त्यसैले हामी ढुक्क छौं ।

विदेशी पाहुनालाई कसरी स्वागत गर्दै हुनुहुन्छ ?
पोखरामा सुविधा छ । मौसम, वातावरण अनुकुल छ, पूर्वाधार छ । पोखराको जनसमुदायमा राम्रो सत्कार, व्यवहार छ । सबैभन्दामहत्वपर्ण कुरा त हाम्रो टिमका सबै सदस्यहरुमा आत्मीय संस्कार छ । यो सेमिनार सबै प्रशिक्षार्थीहरूका लागि गोल्डेन अवसर हो ।यसले हाम्रा सबै पाहुनालाई आकर्षित गर्ने छ ।

सेमिनारको दिन प्रशिक्षार्थीको शुल्कबारे कस्तो व्यवस्था छ ?
शुल्क लाग्दैन, हामिले व्यवसायिक रूपमा कार्यक्रम गर्न लागेको होईन । यो त हामीले सेवक भएर कार्यक्रम गर्न लागेको छौं । सेमिनारमार्फत हाप्किडोको विकास र विस्तारलाई निरन्तरता दिँदै हाप्किडो खेल र नेपाललाई बिस्वसामु चिनाउनु पनि हाम्रो लक्ष्य रहेकोलेहामीले यो सेमिनार फरक ढंगबाट कार्यक्रम गर्देछौ । माघ ११ गते ११ बजे पोखरा रंगशालाको कभर्डहलमा पहिलो दिन खेलाडी, खेलप्रेमीतथा आम जनसमुदायको सहभागितामा सेमिनारको उद्घाटन गर्नेछौ ।

यो अन्तर्राष्ट्रिय सेमिनारले के सन्देश दिनेछ, बताइदिनुस् न ?
खेलकुदलाई कुनै एउटै मात्र परिभाषाले समेट्न सकिदैन । खेलकुद कुनै दुई टोली वा दुई खेलाडीबिचको प्रतिस्पर्धामा मात्रै सिमित रहँदैन। खेलकुद संम्बन्धित देशको नागरिकको स्वास्थ्य, समाज, रास्ट्र, परिवर्तनसंग जोडिएको बिषय हो । त्यो देशको राष्ट्रिय बिकास रपहिचानसंग जोडिएको बिषय हो । त्यसैले यो सेमिनार देशलाई अन्तर्रा्ष्ट्रिय जगतमा चिनाउने बलियो माध्यम बन्ने छ ।

भविष्यमा संघको के छ योजना ?
हामिले बिगत झै विभिन्न प्रतियोगिता, सेमिनार गर्छौ। साथसाथै फराकिलो सोचले गाऊँ गाऊँ मा यो हाप्किडो खेललाई विकास र विस्तारगरि खेल द्वारा युवा खेलाडीहरूलाई योग्य,सक्षम, सबल,अनुशासित बनाई अन्तर्राष्ट्रीय स्तरमा प्रतिस्पर्धात्मक नेपालको शान बनाउनेकोशिस गर्नेछौ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हरेक खेलको विकास कुनै पनि ठाउँमा एक दिनमा हुने होइन । लामो समयसम्म धेरैको त्याग, समपर्ण, अनुशासन र मिहेनतले स्थापितहुने हो । यो कार्यक्रम गण्डकी प्रदेशको राजधानी पोखरामा गर्देछौं । हाप्किडो खेल र कार्यक्रमलाई माया गरी उद्घाटनको दिन गण्डकीप्रदेशवासी आदरणीय तपाईहरूको गरिमामय उपस्तिथि हुनेछ भन्ने पूर्ण आशावादी छौं । त्यो समयमा पनि यो सेमिनारलाईसफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने र सहयोग गर्ने सबैको समपर्ण, त्याग र सहयोगको अर्थ रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार