काठमाडौं । एनआरएनए सोसल क्लब एनआरएनए एनसिसि ओमान एघारौं बर्षमा प्रबेश गरेको छ । २८ डिसेम्बर २००९ का दिन स्थापना भएको संस्थाले विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको स्थानमा पुग्न सफल भएको छ। सो अवसरमा संस्थाले एक कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रममा महामहिम राजदुत शर्मिला पराजुलीले केक काटेर संस्थाको सफलताको कामना गरिन । संस्थाले यसै गरि एनआरएनका प्रवक्ता डिबि क्षेत्री र आइसिसि सदस्य अजय यादवलाइ एनआरएन एनससीकोतर्फबाट दोसल्ला तथा सम्मान पत्रका साथ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ।




