आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल उद्योग बाणिज्य महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी घोषणा

शनिबार, पुष १२ २०७६

काठमाडौँ । झण्डै एकदशकदेखि पदीय जिम्मेवारी सहित नेपाल उद्योग बाणिज्य महासंघमा कृयाशील”आइएमई ग्रुप” का अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

अधिकाश प्रदेश, जिल्ला तथा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुको समुपस्थितीमा शुक्रबार बागलुङमा शुरू भएको बागलुङ महोत्सवमा बागलुङ उद्योग बाणिज्य संघले वरिष्ठ उपाध्यक्षको लागि प्रस्ताव गरेपछि ढकालले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

ढकाल द्विराष्ट्रिय प्रतिनिधिका रूपमा महासंघमा प्रवेश गर्नुभएको थियो। त्यसपछि केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरि अर्को कार्यकालका लागि निर्वाचित हुनुभएका ढकाल महासंघको एसोसिएट्स उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको थियो । ढकाल महासंघ अन्तर्गत रोजगारदाता परिषद्का सभापति पनि हुनुहु्न्छ।

उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म

कार्गो व्यवसायबाट व्यवसाय सुरु गर्नुभएका ढकाललाई आइएमई मार्फत रेमिटेन्स व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ। ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, उर्जा, अटोमोबाइल, सूचना-प्रविधि, केबलकार, हस्पिट्यालीटी, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायीक घराना “आइएमई ग्रुप” का अध्यक्ष हुनुहुन्छ।

व्यवसायीक क्षेत्रका अतिरिक्त ढकाल सामाजिक क्षेत्रमा समेत उत्तिकै कृयाशील हुनुहुन्छ । पश्चिमाञ्चल विकास मंचका अध्यक्ष समेत रहनुभएका ढकाल नेपालका लागि इन्डोनेसियका बाणिज्य दूत हुनुहुन्छ ।

सरल स्वाभाव र मिलनसार व्यक्तित्वको छवि बनाउनुभएका ढकाल आफुले जिम्मेवारी लिएका कामप्रति गहिरो समर्पण र अभिरुचि राख्नुहुन्छ। दर्जनौं राष्ट्रिय मानपदवीबाट सम्मानित हुनुभएका ढकाल पिता स्व. हिरण्ड्यप्रसाद ढकाल र माता जानुका ढकालको कोखबाट विक्रम सम्वत् २०२२ मा बागलुङ-१२, अमलाचौरमा जन्मिनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार