आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कतारले दियो राष्ट्रिय दिवसको अवसरमा जेलमा रहेका ९ नेपालीलाई आममाफी

बिहिबार, पुष १० २०७६

कतार(जस)– कतार सरकारले कतारको राष्ट्रिय दिवसको अवसरमा जेलमा रहेका ९ नेपालीले आममाफी पाएका छन् । कतारले आफ्नो राष्ट्रिय दिवसका अवसर पारेर कतारको केन्द्रीय कारागारमा विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई आममाफीसहित रिहाइ गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
आममाफी पाएका नेपालीलाई स्वदेश फिर्तीका लागि सहज बनाउन दूतावासको टोली घरफिर्ती केन्द्रमा गएर अवस्था बुझिसकेको छ । आममाफी पाएकामध्ये चार जनाको पासपोर्ट नभएको र उनीहरुको यात्रा अनुमती पत्र घरफिर्ती केन्द्रमा नै उपलब्ध गराएको दूतावासले जनाएको छ । कतारले आफ्नो राष्ट्रिय दिवस डिसेम्बर १८ का दिन मनाउँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार